» » नेपाल प्रहरी र भारतीयबीच गोली हानाहान

काठमाडौ पुस २८ गते । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० मा आज साँझ प्रहरी र भारतीय नागरिकबीच दोहोरो गोली हानाहान भएको छ ।

बेलौरी नगरपालिका–१० मा हतियारसहित आएका चार युवकलाई प्रहरी नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि एक राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिनुभयो ।

यसैगरी प्रहरीले एक भारतीय युवकलाई एक थान पेस्तोलसहित नियन्त्रणमा लिएको छ । अन्य फरार तीन युवकले भारतीय भूमिबाट नेपाल प्रहरीमाथि गोली प्रहार गरेका थिए । प्रहरीले पनि जवाफी गोली प्रहार गरेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

प्रहरीका अनुसार उनीहरु भारतीय नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएका युवाको पहिचान खुलाएको छैन ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..