» » सञ्चार उद्योगीमाथि नै उजुरी


झापा, माघ ४ । झापा, इलाम र पाँचथरका थुप्रै युवाबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी भनिएका चन्द्रप्रसाद ढुङ्गेलविरुद्ध ठगीको आरोपसहित पीडितले जिल्ला प्रशासन कार्यालय झापामा आज उजुरी गरेका छन् ।

शनिअर्जुन नगरपालिका निवासी ढुङ्गेलले शुभलारी मिडिया प्रालिको नाममा दुवागढी–४ चारआलीमा ग्लोबल एफएम ९५।४ मेघाहर्ज सञ्चालन गरी आफूहरुलाई रोजगारी दिने बहानामा ठगेको भन्दै सात जनाले संयुक्तरुपमा सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटासमक्ष उजुरी गरेका हुन् ।

सर्तनामा गराएर योजनाबद्ध रुपमा ढुङ्गेलले ठगी गरेको आरोपसहित मेचीनगरका प्रतीक न्यौपाने, युवराज आचार्य, शनिअर्जुन नगरपालिका निवासी लीला खरेल, मनिषा बुढाथोकी, शान्तिनगर निवासी कल्पना खेवा, मेचीनगर निवासी सन्ध्या श्रेष्ठ र शान्तिनगर निवासी सावित्रा सुवेदीले संयुक्तरुपमा उजुरी गरेको सहायक प्रजिअ सापकोटाले बताउनुभयो ।

ढुङ्गेलले पीडितलाई गराएको सर्तनामासहित उजुरी परेको जानकारी दिँदै सापकोटाले भन्नुभयो – “पीडितले भनेअनुसार यो चिटिङ नै हो र यस विषयमा तत्काल छानबिन गरी कारबाही अघि बढाउछौँ ।”

आज अपराह्न एफएमको नामबाट एक विज्ञप्ति जारी गर्दै आगामी फागुन मसान्तसम्ममा सबैको पैसा फिर्ता गर्ने उल्लेख गरेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..