» » विराटनगरमा निकालियो गधा जुलुस

विराटनगर, २९ पुस । आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा मोरङले आज विराटनगरमा गधा जुलुस निकालेको छ । सत्तारुढ दल र मुख्यप्रतिपक्षी काँग्रेसका नेतृत्व गधाजस्तै थेत्तरो भएको प्रतीकात्मक प्रदर्शन गर्न गधा जुलुस निकालिएको स्थानीय सञ्चारकर्मी ब्रहम्देव यादवले बताएका छन् ।
Gadha julus1विराटनगरको रोडशेषबाट निकालिएको जलजला चोकसम्म पुगेर सम्पन्न भएको छ । जुलुसमा गधाहरुको उपस्थितिलाई हेर्न विराटनगर बजारमा बाक्लो भिड लागेको बताइएको । जुलुसपछि आयोजित कार्यक्रममा मोर्चाका स्थानीय नेताहरुले प्रधानमन्त्री केपी ओलीको आलोकाँचो स्वभाव र अस्थिर एवं लहडी प्रकृतिले गर्दा मधेशका मागहरु सम्बोधन नभएकोले गधा जुलुस निकाल्नु परेको बताए । मोर्चाका नेता मोहम्मद कादिर, जितेन्द्र यादव र राजु मण्डलले सरकारले गधा प्रबृत्तिलाई परित्याग गरेर तत्काल मधेश आन्दोलनका मागहरुलाई सुनुवाइ गर्नुपर्ने माग गरे ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..