» » उपेन्द्र यादवले भने, कार्यदलले समस्या समाधान गर्ला भनि विश्वास लागेको छैन

काठमाडौ पुस २१ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश सिमाकंनको टुंगो नलगाएसम्म नाकाबन्दी नरोकिने बताएका छन्। 
विरगंज नाकामा पुग्नु भएका अध्यक्ष यादवले पर्साको एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले संसदमा संविधान संशोधन विधेयक पेश गरेर आफूहरुलाई झुक्याउन खाजेको आरोप समेत लगाए । 
उनले सरकारले तराईमा जारी समस्या सम्बोधन गर्ने तर्फ ध्यान नदिएको बतादै नयाँ नयाँ बहाना मात्रै सृजना गरेको आरो लगाए ।
 
जवर्जस्ती संविधान संसोधन गर्न लागेका छन्,यादवलले भने, ‘त्यस्तो संविधानलाई मृत घोषित गरे पनि हुन्छ ।’ उनले सरकार अहिलेसम्मकै असफल र असक्षम भएको आरोप लगाउदै सरकारमा भएका दलहरु माफियाले दिएको कमिशनमा रमाएको आरोपसमेत लगाए । 
उनले शीर्ष स्तरबाट सामाधान नभएको मुद्दा कार्यदल बनाएर सामाधन हुन्छ भन्नेमा आफूहरु विश्वस्त हुन नसकिने वताए। यादवले सरकार र प्रमुख तीन दलले देखावटी वार्ता गरे पनि आफूहरु त्यो वार्तामा भाग लिएर सामाधान खोज्न सघाएको उल्लेख गरे। 
 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..