» » के अमरेश सिह मुठभेड गराउन चाहेका हुन् त ?


काठमाडौ माघ १७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आन्दोलनमा छ ।

आन्दोलनकै कार्यक्रम अन्तर्गत गैरमधेशी दललाई मधेशमा कार्यक्रम गर्न नदिने, यदि जवर्जस्ती गर्यो भने त्यसको प्रतिकार गर्ने निर्णय सार्वजनिक गरिसकेको छ तर एमाओवादी, काँग्रेस र एमालले जानी जानी मधेशमा कार्यक्रम गरेर मुठभेड सृजना गराउन चाहेका छन् ।

विराटनगरमा त्यहाँका प्रशासनले पटक पटक भनिरहँदा पनि एमालले कार्यक्रम गरेपछि भएका मुठभेडमा तीन जनाको ज्यान गएको छ । काँग्रेसले पनि महाधिववेशनको नाममा विभन्न ठाउँमा कार्यक्रमको आयोजना गरिरहेको छ त्यहाँ पनि झडप भएका छ तर मानवीय क्षति नभएपनि चोटपटक र घाइते अवश्य भएको छ ।

यसबीचमा नेपाली काँग्रेसका नेता अमरेश सिहले सर्लाहीका ६ नं. क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरिरहेको तमलोपा विद्यार्थी संगठनका महासचिव मनिष मिश्राले बताए । मधेशी मोर्चाले कार्यक्रम नगर्न पटक पटक भनिरहँदा पनि अमरेश सिहले कार्यक्रम गर्न लागेको हो, यदि कार्यक्रम गर्यो भने त्यसबाट उत्पन्न परस्थितिको जिम्मेवार स्वयं राज्य हुने मिश्राले चेतावनी दिएको छ ।

महासचिव मिश्रले मधेशी मोर्चाको घोषित कार्यक्रमलाई अटेरी नगर्न आग्रह समेत गरेको छ ।

यस विषयमा नेता सिहलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..