» » सुजाता कोइरालाद्धारा सभापतिको उम्मेदवारी दिने घोषणा



उर्मिला यादव
नवलपरासी, माघ ६ गते । नेपाली काग्रेसकी नेतृ सुजाता कोईरालाले आगामी महाधिवेशनमा सभापतीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

गृह जिल्ला मोरङ वाट उम्मेदवारी घोषणा गर्ने सोच बनाउनु भएकी नेतृ कोईरालाले देश दौडाहामा आफुलाई हौसला बढेको भन्दै नेपाललाई नयाँ ढंगबाट अगाडि बढाउनका नेपाली कांग्रेसको आवश्यकता भएकोले गर्दा पनि आफुले नवलपरासीबाट सभापती पदमा उम्मेदवारीको घोषणा गर्नु भएको हो ।

नेपाल प्रेस युनीयन नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुलुकमा सबैले परिर्वतन चाहेकोले २१ शताब्दीमा आएर पुरानो सोचले अघि बढ्न  नसक्ने बताउदै नेपाली कांगेसको इतिहासलाइ आजसम्म बचाउँदै आएकोले अब नयाँ नेतृत्व चयन हुनुपर्नै  बताउनु भएको छ ।

नेतृ कोइरालाले  गिरीजाबाबुले देखाउनु भएको मार्ग दर्शनलाइ अगाडि बढाएर लैजाउनु पर्नेमा जोड दिनु भएको छ ।

पार्टीमा युवा नेतृत्वको खाँचो रहेको भन्दै नेतृ कोईरालाले राष्ट्र निमार्णको लागि शिक्षित जमातको युवाहरु तयार गर्नु पर्ने बताउनु भएको छ ।  पुराना नेतृत्वले शिक्षित युवाहरुको जमात गर्न नसकेको गुनासो गदृै आफु सभापति भएमा राष्टप्रति जिम्मेवार भइ काम गर्न सक्ने , जसले यो पार्टिलाइ बिपी कोइराला जस्तो बिचार दिन सक्ने र गिरीजाबाबु जस्तो संगठन तयार गर्न सक्ने जिम्मेवार ब्यक्तिको आवश्यकता भएको बताउनु भएको छ ।

नेतृ कोईरालाले हामो समाजमा सक्षम युवा भएको र उनीहरुलाइ अवसर दिनु पर्ने बताउनु भएको छ । उहाले सुरुमा  युवाहरु पुरा समय राजनितिमा नलाग्न निर्देशन दिदै पहिला शिक्षित र सक्षम हुनुपर्ने बताउनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..