» » मधेश एफएममा तोडफोड


सर्लाही, माघ १५ गते । सर्लाही सदरमुकाम मलंगवामा रहेको रेडियो मधेश ८९.३ मेगाहर्जको कार्यालयमा हिजो राती तोडफोड भएको छ । अज्ञात समूहले तोडफोड गरेपछि रेडियोको नियमित प्रशारण बन्द भएको रेडियोका स्टेशन म्यानेजर विश्वनाथ ठाकुरले बताउनु भयो ।

अपरिचित व्यक्तिहरुको समूहले अचानक रेडियोमा आक्रमण गरेर कार्यालयका झ्यालका शिशाहरु फोटाउनुको साथै प्लास्टिकका कुर्सीहरु समेत भाँचि दिएको छ ।  रेडियोमा आक्रमण गर्ने समूह र कारण खुल्न सकेको छैन । यसअघि त्यहाँका प्रहरीहरुले पनि सो एफएममा तोडफोड गरेको समाचार आएको थियो ।
यो एफएममा सद्भावना पार्टीको अध्यक्ष राजेन्द्र महतोको लगानी रहेको बुझिएको छ ।















About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..