» » आन्दोलन फिर्ता नभएको अशोकको स्पष्टोक्ति


सर्लाहीमा माघ १४ गते । संघिय समाजवादी फोरम नेपालका सर्लाही जिल्ला अध्यक्ष अशोक यादवले दलिय स्वार्थमा लागेका केहीनेता कारण मधेश आन्दोलन बदनामा भइरहेको बताउनु भएको छ ।

अशोक यादवले सर्लाही जिल्लामा आन्दोलन फिर्ता लियो भन्दै त्यसको विरोधमा माघ १२ गते सद्भावना पार्टी, तमलोपा र तराई मधेश सद्भावना पार्टीले विज्ञप्ति जारी गरेका थिए । तर मिडिया ग्यालेरीमा हिजो पत्रकार सम्मेलन गरेर नेता अशोक यादवले आफूले कुनै प्रकारको आन्दोलन फिर्ता नलिएको र आफूलाई बदनाम गराउने प्रयास गरेको आरोप लगाए ।

आन्दोलन फिर्ता लिएको बिषयमा राखेको जिज्ञासमा उहाँले केही मधेशी दलाल नेताले तस्करहरुलाई पालिरहेकाले तिनले अशोक यादव तथा सघिय समाजवादी फोरमलाई बदनाम गराई बिचलित बनाउन् प्रचारबाजी गरेका आरोप लगाउदै उहाँ आफुले आन्दोलनको क्रममा आम नागरीकले मात्र दुःख पाउने तर पुँजीपति तस्कर तथा ठुला ब्यापारी पैसाको बलमा रजाई गर्न नहुने भनि कुरा मात्रै राखेको तर त्यसलाई व्यंग्याएर केही नेताहरु गलत प्रचार गरेको बताउनु भयो ।

त्यस्ता  तस्कर पोसुवा नेतालाई सर्लाहीका  जनताले  खोजि रहेका छन् त्यस्तासँग जनताले आफै हिसाब किताव गर्ने बताउदै उहाँले आफु जनताको पक्षमा रहेको र हरेक मोर्चामा इमान्दारीसाथ लडेको र लडिरहने बिश्वास व्यक्त गर्नुभयो ।

उहाँले केन्द्रमा केही नेताका व्यक्तिगत स्वार्थका लागि मोर्चामा सहकारी हुन नसकिरहेको उल्लेख गर्दै मधेशका मुद्दाका लागि आन्दोलन गर्ने शक्तिसँग सहकार्य हुनुपर्ने बताउनु भयो । उहाँले केन्द्रका सहकार्य भए पनि नभए पनि सर्लाही जिल्लामा भने सबै मधेशमुद्दा प्रति सर्मथित दलसँग सहकार्य गरेर महागठबन्धन बनाएर आन्दोलन बनाउने बताउनु भयो ।

सरकारले आम मधेशी जनताको भावना विपरीत पेलेर एकलौटी रुपमा संशोधन प्रस्ताव पारित गरेर मधेशी जनतालाई चिढाउने काम गरेको  बताउनुभएको छ ।

नेता यादवले  बन्दै गएको सहमतीको वतावरण बिगार्ने काम सरकारले गरेको आरोप लगाउँदै हालको संशोधन प्रस्तावले मधेशी जनताको कुनैमाग संबोधन नभएको बताउनु भएको छ ।

यो संशोधन मधेशी जनतासँग गरीएको अर्को धोखा भएको हो, कार्यक्रममा बोल्दै यादवले भन्नुभयो, अधिकार प्राप्तिको आन्दोलन कुनै हालतमा पनि रोकिदैन, यो आन्दोलन आम मधेशी जनताको अधिकार प्राप्तिको

आनदोलन भएकोले कुनै दल बिशेषले रोकेर रोकिदैन । सबै प्रकारको आन्दोलन जारी नै छ । कतिपयले आन्दोलन रोकिएको छ भनि भ्रम फैलाई रहेको छ । त्यस्तो भ्रममा पर्नुहुँदैन ।


कार्यक्रममा नागरीक समाजले अवको आन्दोलन कस्तो हुने भनि प्रश्न जवाफमा नेता यादवले मधेशी जनता एक छाक खाएर पनि अधिकार प्राप्त नभएसम्म लडन तयार रहेको प्रतिकृया दिएका थिए । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..