» » बालक अपहरण गर्ने आरोप थप एक पक्राउ


महोत्तरी माघ ८ गते । महोत्तरीको जलेश्वर–१२ मलिवाराका एक बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले थप एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ बस्ने नन्दकिशोर चौधरीका छोरा २४ वर्षीय शिवम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यही पुस ३० गते साँझ ६ बजे जलेश्वर–१२ मलिवाराका नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चल पाण्डेलाई अपहरण गरी नाक, मुख, घाँटी थिचेर जलेश्वर–१३ स्थित रातो खोलाको किनारमा गाडेकामा संलग्न रहेको आरोपमा प्रहरीले चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

चौधरीले साथीहरुसँग मिलेर बालक पाण्डेलाई अपहरण गरी हत्या गरेर मोबाइलबाट मृतक बालक पाण्डेको परिवारजनसँग ३० लाख फिरौती मागेको आवाजका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।

यसअघि प्रहरीले सोही मुद्दामा जलेश्वरका विभिन्न वडाका चार युवकलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइसकेको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..