» » ओलीले सम्बन्ध विच्छेद गर्न चाहेकै हो त ?


–लक्ष्मी कर्ण
ओलितन्त्रमा दुखै दुख र समब्न्ध बिछेद हुन्छ कि भन्ने डर लागन थाल्यो । अहिले सारा नेपाली चाहे पहाड होस् या मधेश सबैतिर कष्टै कष्ट छ । नेपालीहरु सास्ती र दुखै दुखको चक्रभ्यूमा उकुस मुकुस तडपी रहेका छन् । जसरी मधेशी, आदिवासी जनजाती, दलित, महिलालगायतका मागलाई बेवास्ता गर्दै तीन दलले १६ बुँदे सम्झौता गरि जबर्जस्ती सविधान घोेषणा गर्यो जसले सरा नेपालीको मन रोयो ।

अहिले त्यहिी सविधानको विरोधमा पाँच महिनादेखि आन्दोलन भइरहेको छ ।
आन्दोलन चल्दैछ, मधेश जल्दैछ, रगत बग्दैछ, तैपनि अहिले आएर जवर्जस्ती सविधान संशोधन विधेयक पारित गरायो । सविधान जारी भएपछि खडक प्रसाद ओली (केपी शर्मा ओली) प्रधानमन्त्री भएपछि देशमा गणतन्त्र, लोकतन्त्र हरायो र ओलीतन्त्र हावी भयो । र, अहिले यो तन्त्रबाट जनता आजित भइसकेका छन् ।

देशमा यस्तो अन्यौलता र अराजकता इतिहासमा कहिले भएको थिएन, त्यस्तो भइरहेको छ ओलीतन्त्रमा । प्रधानमन्त्री ओलीको उखान टुक्कै शासन र एकलौटी नीति, अदुरदर्शिता र कु–सोचाइले गर्दा नेपालीले दुख पाइरहेका छन् । मधेशी जनता आफ्नो अधिकारका लागि मात्र आन्दोलन गरिरहेका छैन । उहाँको बोली व्यवहार र उखान, टुक्काका कारण पनि आन्दोलन तानिएको छ ।

हुन त नेपालीले दुख र पिडा नयाँ सालसँगै भित्र्याएका थिए । बैशाख १२ गते आएको भुकम्पले गर्दा लाखौ नेपाली जनताले दुख पाए । तर नेपाली जनताले त्यसलाई झेले । त्यो पीडालाई विर्से तर अहिले आएर केपी ओली सरकारले जुन पीडा नेपाली जनतालाई दिएको छ त्यसलाई कदापी विर्सन सकिदैन । मधेशमा पाँच महिना भन्दा बढी समयदेखि आन्दोलन भइरहेका छन् । हालसम्म ६० जना मधेशीले आफ्नो ज्यानको बली चढाई सकेका छन् । सैयो घाइते भएका छन् । अबस्था यस्तो हेर्दा प्रश्न मन लाग्छ कि के मधेशी जनता नेपाली होइन ।

मधेशी जनता नेपाली नै होइन जस्तो व्यवहार गरि प्रहरीले ताकी ताकी टाउकोमा गोली हानेका छन्, हानेका छन् । अवस्थाको बारेमा सोच्दा पनि आँखामा आउँछ ।
मधेशमा जति पनि मान्छे मरेपनि यता ओलि सरकारलाई कुनै मतलब छ । उहाँको लागि त आँपको बोटबाट एक दुई आँप झरे जस्तै हो । ओलीलाई लाग्दो हो कि मसँग बहुमत छ म जे पनि गर्नसक्छु तर यो उनको लागि भ्रम हो ।

जनताको अगाडि गणितीय खेलको कुनै महत्व छैन । जनताको अवाज नै सबभन्दा ठूलो कुरा हो । उता मधेश आन्दोलनलाई मौन समर्थन गर्दै आएका दिल्ली सरकारले खुल्ला नाकाबन्दी गरेको देखिन्छ । त्यही भएर ओलि सरकार दिल्लीलाई रिझाउन हरेक उपाय अपनाई रहनु भएको छ । उहाँले भारतलाई देखाउनका लागि भएपनि  मधेशी दलसँग वार्ता गर्न बाध्य छन् । जवर्जस्ती सविधान संशोधन गर्नु पनि त्यसैको एक कडी हो ।

ओलि सरकारको ना नियत ठिक देखिन्छ ना नीति त्यही भएर जबजब वार्ता र छलफल सकारात्मक मोडमा जान्छ अनि मधेशमा कुनै नकुनै नरसंहार गराउनु हुन्छ । गणितीय बहुमतको पावरले ओलि सरकार मधेश आन्दोलन दबाउनलाई दमनको चारम सिमाका बान्धहरु बारमबार तोडिरहेको छ । जसको कारण सारा मधेशमा रगतै रगतको खोला बगिरहेको छ । तैपनि किन हो कुनी ओलिको सिंघासन टस नमस भइरहेको छ । बारम्बार वार्ताको नौट्ङकी र गोलीले झनझन मधेशी जनता आक्रोशित भइरहेको छ ।

यसरी नै ओलीले मधेशका मागलाई बेवास्ता गर्दै जानु भयो भने नेपालमा ठूलो घटना हुने निश्चित छ र त्यसको सम्पूर्ण जिम्मेवार राज्यले लिनुपर्छ । ओली ज्यु तपाई भन्नुहुन्छ कि म पनि तराईबासी हुँ रे । के तपाइलाई थाह छैन कि बिगत ५–६ महिनादेखि मधेश बन्द छ । के मधेश नेपालमा पर्दैन ? के आन्दोलनले गर्दा राजधानीलाई मात्र समस्या परेको छ । हिमाल र पहाडलाई मात्र परेको छ, के मधेशमा त्यसको असर छैन । राजधानीलगायत विभिन्न वरपरका ठाउँमा लाइन लगाएर ग्यास र इन्धन त दिइरहेका छन् तर मधेशमा त्यो पनि छैन ।

पाँच महिनादेखि कलकारखाना, शिक्षा तथा सरकारी कार्यालयहरु बन्द छ । एकपटक सोच्नुस् त कि त्यहाँका जनताले कसरी विश्वास गर्न सक्छ ? हाम्रोमा एउटा उखान छ कि बन्दुक थमा देलि त भगेली हबल्दार अर्थात जनताले जिताएर पठाइपछि जे मन लाग्छ त्यही गर्न मिल्छ ?

ओली ज्यु के मधेशी ले आफ्नो हक अधिकार माग्दैमा गोली खानुपर्ने कहाँको नियम हो । के तपाई चाहनु हुन्छकी काठमाण्डौ र मधेशको सम्बन्ध बिच्छेद होस् । त्यसो हो भने स्पष्ट ढंगबाट मधेशी जनतालाई भन्दियोस् कि तपाईहरु यो देशको नागरिक होइन । अब तपाईकै कारण मधेश अर्कै बाटो जान बाध्य हुँदैछ । यति नफरत मधेश र मधेशीसँग किन ? तपाईलाई म यही आग्रह गर्न चाहन्छु कि अब पनि आफ्नो मुटुमा प्रेम रङ घोल्नुस अनि प्रेम गर्न सिक्नुस् नत्र नफरतले मात्र नफरत मात्र जन्माउँछ । केही गर्ने मौका यही हो । पिडित जनताका पक्षमा काम गर्नुस् । अब त मलाई डर लाग्न थालेको छ । कही तपाईको बदनियतले हाम्रो सम्बन्ध न बिच्छेद होस ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..