» » राजेन्द्र महतोले गर्नुभयो देशमा ठूलो दुर्घटनाको संकेत

सप्तरी माघ ८ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वार्ताको नाममा सरकार आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको अारोप लगाएका छन्। उनले अब सरकारले मधेसी मोर्चाको अान्दोलनलार्इ दबाउने काम गरेकाले अब मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने बताए। 
 
सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा नेता महतोले तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले अब पनि मधेसी जनताको भावनालाई बेवास्ता गरे देशमा ठूलो दुर्घटना हुने जिकिर गरे।  
 
उनले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने बताए।   
 
उनले मधेस आन्दोलन राष्ट्रिय एकता र अखण्डता मजबुत गर्ने आन्दोलन भएकाले तत्काल माग सम्बोधन हुनुपर्नेमा जोड दिए।  
 
मधेसमा जारी पाँच महिना लामो आन्दोलनको माग सम्बोधन नभए देशमा कुनै ठूलो दुर्घटना भए त्यसको जिम्मेवार सरकार र ठूला दलहरुले लिनुपर्ने उनको भनाइ थियो।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..