» » जनकपुरमा आमहड्ताल


जनकपुर, माघ ८ गते । मोरङको रङ्गेलीमा घटेको घटनालाई लिएर धनुषामा आमहडताल गरिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा घोषित आमहडतालका कारण जनजीवन प्रभावित भएको छ ।

केही दिनदेखि सहज भएको जनजीवन आजदेखि पुनः कष्टकर भएको छ । हडतालका कारण शैक्षिक संस्थान, बजार, कलकारखाना र यातायात पनि बन्द गरिएको छ ।

मोर्चाका कार्यकर्ता र नेताहरु बिहानैदेखि जनकपुरका मुख्य चोकहरुमा टायर बालेर लाठी लिएर प्रदर्शन गरिरहेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..