» » रामचन्द्र पौडेल भारत प्रस्थान


काठमाडौँ, पुस २० गते । मधेशवादी दल र सरकारबीच वार्ता नमिलिरहेको अवस्थामा प्रतिपक्षि दल नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल पाँच दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ ।

उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भारत जानुभएको उहाँको निजी सचिवालयले जनाएपनि उनको यो भ्रमणले राजनीतिक उद्देश्य पनि लिएको छ ।

काँग्रेसको सभापति उम्मेदवार तथा सरकारको प्रमुख प्रतिपक्षि दल भएको नाताले उहाँले
भ्रमणका क्रममा  भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग उच्च भेटवार्ता गर्नुहुने बताइएको छ ।

काँग्रेसको आसन्न १३ औँ महाधिवेशन नजिकिदै गर्दा सभापतिका उम्मेदवार ठानिएका उपसभापति पौडेलको भारतीय नेतासँग हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..