» » विद्यालयका १७ वटा ल्यापटप एकै रातमा चोरी

सिरहा, माघ १ गते । नेपालकै दोश्रो पुरानो विद्यालय चन्द्र उच्च माध्यमीक विद्यालयको प्रशासनिक भवनबाट एकै रातमा १७ वटा ल्यापटप चोरी भएको छ ।

आठ लाखभन्दा बढी मूल्य पर्ने ल्यापटपहरु चोरी गर्ने चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विद्यालयका प्रधानाध्यपक मधुसुदन कर्णले जानकारी गराए अनुसार प्रशासनिक भवनभित्रै रहेको कम्प्युटर कोठाबाट १७ वटा ल्यापटप चोरी भएपनि एउटा डेस्कटप कम्प्युटर भने चोरी भएको छैन ।

कम्प्युटर कक्षाको ढोकामा लगाइएको ताल्चा नक्कली साँचोले खोलिएको वडा प्रहरी कार्यालय सिरहाका प्रमुख शिवनारायण यादवले बताए । विद्यालयलाई उक्त ल्यापटप नेपाल जर्मन समाज र विभिन्न सङ्घसँस्थाहरुले प्रदान गरेका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..