» » सविधान संशोधन गरेर वार्ताको वतावरण अवरुद्ध गरेको गठबन्धनको आरोप


काठमाडौ माघ १० गते । हिजो प्रमुख दलहरूले एकतर्फी रुपमा सविधान संशोधन गरेको भन्दै संघीय समावेशी मधेशी गठबन्धनले त्यसको विरोध गरेको छ ।
गठनबन्धनले आज एक विज्ञप्ति जारी गरी आफुहरु आन्दोलनमै रही रहेको बेला कुनै सहमति र छलफल नगरी मधेश आन्दोलनको भावना विपरित सविधान संशोधन भएको जनाएको छ । आन्दोलनरत दलहरुको मागलाई बेवास्ता गर्दै आ(आफ्ना स्वार्थका निम्ति गरेको संविधानको पहिलो सनशोधनले मुलुक एकांकी रुपमा अगाडी बढ्न खोजेको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ, हाम्रो लागि भनेर गरिएको संशोधन हाम्रो सहमति र समर्थन अनिवार्य र आवश्यक थियोे तर त्यसो नगरि सरकार र प्रमुख राजनीतिक दलले आफैले संवाद र सहमतिको वातावरणलाई अवरुद्ध गर्न खोजेको छ।
 संशोधनले आन्दोलनरत पक्षहरूको माग सम्बोधन नगरेकोले त्यस्तो हचुवाको भरमा भएको संशोधनलाई स्वीकार नगर्ने जनाउँदै आन्दोलनलाई अझ सशक्त बनाउने बताइएको छ ।
अर्को नयाँ कार्यक्रम सार्वजनिक नहुन्जेल अहिलेको आमहडताल र नाकाबन्दिका कार्यक्रमहरु यथावत् नै रहने पनि जानकारी गराएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..