» » एका विहानै प्रचण्ड र कोइरालाबीच यस्तो गफ

काठमाडौ माघ ५ गते । सरकार र मधेसी मोर्चा बीच वार्ता भंग भएपछि प्रचण्डले काँग्रेसलाई सरकारमा ल्याउने कसरत शुरु गरेको छ ।
आजै विहानै काँग्रेसका सभापति सुशील कोइरालाको निवासमा गएर छलफल गरेको छ ।

भेटमा प्रचण्डले मधेशी मोर्चाका नेताहरू वार्ता नचाहेको र आन्दोलनलाई लम्ब्याउने मुडमा रहेको धारणा राखेको स्रोतले जनाएको छ । सांगठनिक रूपमा मधेसमा कमजोर रहेका मोर्चाका नेताहरू आन्दोलनकै आडमा संगठन निर्माणमा लागेको आरोप लगाउदै प्रचण्डले जे गरेपनि मधेसी दल सहमतिमा नआउने आफूले थाह पाएको धारणा राखेका थिए ।

अब काँग्रेससहितको सरकार निर्माण गरेर अगाडि बढ्नुको बिकल्प नरहेको भन्दै यसको बारे सोच्न कोइरालालाई आग्रह गरेको स्रोतले जनाएको छ ।

जबाफमा कोइरालाले वार्तालाई निरन्तरता दिई मोर्चालाई सहमतिमा ल्याउनु पर्ने बताएको स्रोतको दावी छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..