» » मेदान्तमा महन्थ ठाकुरको उपचार शुरु

काठमाडौ माघ ५ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको उपचार दिल्लीको मेदान्त अस्पतालमा शुरू भएको छ ।

घुँडाको समस्या आएपछि उपचारका लागि उहाँ आइतवार दिल्ली पुग्नु भएको हो ।

रक्तचाप, मुटुको समस्या पहिलादेखि थियो । उहाँले पेसमेकर लगाउनु भएको छ । आज उहाँको घुँडाको एमआरआई हुन्छ । त्यसपछि मात्र के भएको छ भनि पत्ता लाग्छ ।

उहाँको उपचारमा डा.आर आर कशलीवाललगायतका डाक्टरहरू संलग्न रहेको तराई मधेस विद्यार्थी फ्रन्टका महासचिव मनिष मिश्रले बताए ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..