» » मधेसी मोर्चाप्रति मधेसी जनता आक्रोसित

फाइल फोटो
काठमाडौ माघ ४ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीनको कार्यदलसँग गरीरहेको वार्ताप्रति मधेसी जनता शंसकित भएको छ ।

कार्यदलसँग हुने गरेको पटक पटकको वर्ता फेरी पनि उधारो हुने हो कि भन्दै मधेसी जनता आक्रोसित भएको छ । सहमति हुने सम्भावना बढ्दै गएपछि मधेसमा मधेसी मोर्चाका नेताहरूको पुतला जलाउने तयारी पनि भईरहेको बताईन्छ ।

रौतहटमा आन्दोलन गरीरहेका सदभावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले मधेशिको भावना बिपरित सहमति भयो भने पुतला मात्रै होइन हरेक कुरा जल्ने बताउदै सहमति गर्दा आन्दोलनकरीको भावनाको ख्याल गर्नुपर्ने बताए ।

सिरहामा आन्दोलन गरिरहेका तमलोपाका केन्द्रीय सदस्य सुरेश मण्डलले वार्ताप्रति आन्दोलनकारी निकै सचेत देखिएको वताउँदै यसपाली कुनै बेइमानी भयो मधेसी जनताले माफ नगर्ने बताए ।

वार्ता नियमित सहभागी हुँदै आएका तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठीले जुन प्रकारले सरकार र प्रतिपक्ष दलले वार्तालाई अन्यत्र मोडने प्रयास गरेको छ त्यसले जनतामा आत्क्रोशित हुनु स्वभाविक रहेको बताए ।

यद्यपि उनले भने, तीन दलले जस्तोसुकै साजिस गरेपनि यसपालि केही गल्नेबाला छैन किनभने मोर्चाको पछाडि मधेसी जनताको साथ छ ।

तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले पनि मधेसी जनता आक्रोसीत हुनु जायज हो, यति लामो आन्दोलन हुँदा पनि तीन दलले कुनै सुनुवाइ नगरेको कारण आक्रोश बेढेको बताउदै मोर्चाले जनतासँग यसपाली कुनै बेइमानी नगर्ने तथा कुनै उधारो सहमति नगर्ने विश्वास ब्यक्त गरे ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..