» » रामनरेश यादवले दिए प्रधानमन्त्रीलाई कडा जवाफ

काठमाडौ माघ ६ गते । प्रधानमन्त्री केपी शर्मा ओली बेला बेला आफ्नो अभिव्यक्तिकै कारण आलोचित हुँदै आएका छन् । कहिले मधेशलाई युपी विहारमा मिलाउ अभिव्यक्ति दिएर त कहिले साँग्लो जुलुसलाई माखो जुलुस भनेर त कहिले घरघरमा ग्यासको पाइप पुर्याई दिने भनेर ।

उनले आज एउटा अभिव्यक्ति दिएर पुनः आलोचित भएको छ । उनले एउटा कार्यक्रममा भने, ‘मधेशीलाई चन्द्रमामा पनि आरक्षण चाहिन्छ ।’ मधेशी मोर्चासँग समावेशी समानुपातिक, सिमांकनलगायतका विषयमा कुरा नमिलेपछि उनले आज यस्तो टिप्पणी गरेका हुन् ।

हुनको यो टिप्पणीप्रति तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले यदि चन्द्रमा नेपालमा भएको भए, जनसँख्याको आधारमा त्यहाँ पनि आरक्षण माग गरिन्थ्यो तर नभएर के गर्नुभनि टिप्पणी गरे ।

ओलीको यस्तो अभिव्यक्तिले प्रष्ट हुन्छ कि उनले मधेशीलाई समावेश गराउन चाहेका छैन, सहारा टाइम्ससँग कुरा गर्दै मधेशी जनता समानुपातिक समावेशीका लागि यहाँ लडिरहेका छन्, ज्यान गुमाइरहेका छन् तर सिमांकन माग्दा मधेशलाई युपी विहारमा मिलाउ भन्छन्, समावेशी समानुपातिक प्रतिनिधित्व माग्दा चन्द्रमामा पनि आरक्षणा माग्ने भन्नु प्रधानमन्त्री ओलीले मधेशको आन्दोलनलाई कसरी बुझेका कुरा प्रष्छ भएको बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..