» » चीनले विमानस्थलमा यसरी फैलाउँदैछ आफ्नो सञ्जाल


काठमाडौैैँ, माघ ६ गते । अन्तराष्ट्रिय विमानस्थलमा भारतले मार्सल राख्न पाउने प्रस्ताव गर्दा नेपालमा निकै विवाद भएको थियो र अझै त्यो प्रस्ताव विवादमै छन् । तर चीनले भित्र भित्र विमानस्थलमा आफ्नो सञ्जाल ओछ्याउँदै गइरहेको प्रति कसैको ध्यान गएको छैन ।

अन्तराष्ट्रिय विमानस्थलहरु सुरक्षाको हिसाबले साह्रो संवेदनशिल हुन्छन् । विभिन्न मुलुकका व्यक्तिहरुको आवत जावत हुने गरेको कारण त्यहाँ सबैको नजर हुन्छ ।

तर चीनले खास गरि नेपालको विमानस्थल र विमानमा लगानी लगाउने निकै चासो देखाएको छ र नेपाल सरकारले आँखा चिम्लेर सहयोग गर्न थालेका छन् ।

सिन्हवा समाचार समितिले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीनबीचको उड्डयन सहकार्यः अवसर र चुनौती” विषयक गोष्ठीमा चीनलाई नेपालमा सम्पूर्ण विमानस्थल नै सुम्पि दिएको जस्तो देखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलका साथै घरेलु विमानस्थललाई पनि बलियो बनाउन सरकारले चीनलाई जिम्मेवारी दिन लागेको बताउनुभयो ।

हाल एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले पोखरा विमानस्थल, गौतमबुद्ध विमानस्थल र निजगढ विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने सरकारको तयारी रहेको मन्त्री पोखरेलले जानकारी दिए र त्यसमा चीनको सहयोगको अपेक्षा रहेको पनि धारणा राख्नुभयो ।

“पोखरा विमानस्थल निर्माण दुई देशको सम्बन्धको सेतु हो” उहाँले भन्नुभयो । विमानस्थल निर्माणका लागि चीन सरकारले रु दुई अर्ब २० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।

विगतमा आन्तरिक उडानका लागि चीन सरकारले एम ६० र वाई १२ जहाज अनुदानमा दिएको छ । ‘एम ए छ’ एउटा र वाई १२ को तीनवटा गरी चारवटा जहाज चीनबाट ल्याउने तयारी भइरहेको छ ।

मन्त्री पोखरेलले चीनबाट चारवटा विमान निकट भविष्यमै ल्याउने र १७ वटा घरेलु विमानस्थल निर्माणको काम पनि वैखाशसम्म निर्माण पूरा गरेर विमाानस्थल सञ्चालन गरेर यात्रुलाई टिकट नपाउने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले नेपाल–चीनबीचको सहयोग एक–अर्कामा राम्रो भएको भन्दै नेपालको सामाजिक र आर्थिक विकासका लागि निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..