» » क्रियाशिल सदस्यबाट आफ्नो नाम नहटाएकोमा भण्डारीको आपत्ति

काठमाडौ माघ १५ गते । नेपाली काङ्ग्रेसले पछिल्लो समय सार्वजनिक गरेको कृयाशिल सदस्यको नामावलीमा आफ्नो नाम राखेको भन्दै राष्ट्रि मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी आक्रोशित भएका छन् ।

सात वर्ष अगाडि पार्टी परित्याग गरेको तर काँग्रेसको क्रियाशिल सदस्यमा नाम राखिनुले मधेशमा अन्योलनता थपिएको र त्यसले आफूलाई अत्यन्त दुखी र चिन्तित बनाएको आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

जुन पार्टी ले आफ्नो कृयाशील सदस्य सम्मको अभिलेख अध्यावधिक गर्न सक्दैन त्यस्ता गैरजिम्मेवार पार्टीसँग नेपाली जनताले कुनै किसिमको आशा राख्नु ब्यर्थ हो भनि उल्लेख गदै त्यस्ता गैरजिम्मेवारी पुर्ण कार्य र हुस्सुपनाको हामी घोर भत्सर्ना गर्दछौं भनि विज्ञप्तिमा उल्लेख छ ।

साथै काँग्रेस पार्टीलाई कार्यक्रममा आफ्नो तर्फबाट कुनै बाधा र विरोध नहुने भन्दै तर समाजमा यदि कसैले सद्भाव भड्काउने रङेली घटना जस्तो कुलसित मानसिकताले आउनेलाइ उहाँले ृखबरदारी र सचेत गराउनु भएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..