» » मुक्ति मोर्चाको गोलीबाट प्रहरीको मृत्युु

सप्तरीको झुटकी गाविस स्थित प्रहरी चौकीमा सोमवार साँझ अखिल तराई मुक्ति मोर्चाका कार्यकर्ताको गोली प्रहारबाट एकजना प्रहरी सहायक निरीक्षक(असई)को मृत्यू भएको छ ।
 गोली लागेर भद्रपुर नगरपालिका–१० घर भएका ४५ वर्षिय असई रमेश सुब्बाको मृत्यू भएको हो ।
छाती र तिघ्रामा गोली लागेका उनलाई उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएका थियो । उनको उपचारको क्रममा मृत्यू भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिएका छन् ।
न्युज टुडेका अनुसार साँझ करिब ६ बजेको समयमा उक्त घटना भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि सोमवारै बेलुकी ८ बजेको समयमा धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी भट्टको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।
घटनामा संलग्न अपराधीहरुको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले बताए ।
यसैबीच अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतले बन्दुकको बलमा टिकेको राज्यसत्तालाई परास्त गर्न बन्दुकबाटै परास्त गर्नुपर्ने भन्दै चेतावनी स्वरुप आफ्ना कार्यकर्ताहरुले उक्त घटना गराएको बताएका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..