» » सत्यनारयणको नेतृत्वमा १२ सय कार्यकर्ता फोरम नेपालमा प्रवेश


सिरहा माघ १४ गते । एमालेबाट राजिनामा दिइसकेका सत्यनारायण यादवको नेतृुत्वमा सैयो कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ ।
सिरहाको लहानमा आयोजिक पार्टी प्रवेश कार्यक्रममा सत्य नारायण यादवसहित विभिन्न पार्टीका १२ सय नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेको फोरम नेपालका युवा नेता विष्णु साहले जानकारी गराउनु भयो ।

नवप्रवेशी नेता एवं कार्यकर्ताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर र माला लगाएर स्वागत गर्नु भएको थियो ।

पार्टी प्रवेशपछि सभालाई सम्बोधन गर्दै नवप्रवेशी नेता यादवले एमाले मधेश विरोधी, परिवर्तन विरोधी र नश्लवादी भएकोले पार्टी परित्याग गरी फोरम नेपाल प्रवेश गरेको बताउनु भयो ।

अघिल्लो साता मात्रै पार्टी परित्यागको घोषणा गरेको भोलिपल्टै एमालेको निर्देशनमा नेता सत्य नारायण यादवलाई सिरहामा प्रहरीले चिया खादै गर्दा बिनाकारण निर्मम ढंगले कुटपिट गरेको थियोे ।

नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार र पहिचानको प्राप्ति नभएसम्म मधेश आन्दोलन नरोकिने बताउनु भएको छ । । मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम र उत्पीडित समुदायलाई अधिकारबाट बञ्चित राख्न सरकार लागि परेको जिकिर गर्दै अध्यक्ष यादवले सशक्त आन्दोलनका लागी तयार रहन मधेशी जनतालाई आह्वान गर्नुभयो ।
आन्दोलन रहर नभएको भन्दै उहाँले प्रमुख तीन दल वार्ता मार्फत् मुलुकलाई निकास दिन गम्भीर नरहेकोले आन्दोलनको विकल्प नरहेको यादवले बताउनुभयो । मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम लगायत सबै उत्पीडित र सीमान्तकृत जनतालाई अधिकार सम्पन्न नभएसम्म फोरम नेपालले संघर्ष जारी राख्ने अध्यक्ष यादवले उद्घोष गर्नुभयउो ।

यसअघि पुस १६ गते मात्रै सिरहाको लक्ष्मीपुरमा कांग्रेस, एमाले, एमाओवादी र राप्रपाका एक हजार बढी नेता कार्यकतार्हहरु सङ्घीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कोषाध्यक्ष विजय यादव, केन्द्रीय सदस्य राजलाल यादव र युवा नेता विष्णु साह लगायतको उपस्थिति थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..