» » कालोबजारीको विरोधमा पेट्रोल पम्पमा बम विस्फोट


सिरहा, माघ २ गते । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित शिला पेट्रोल पम्पमा शुक्रबार राति अज्ञात समूहले विस्फोट गराएको छ ।

विस्फोटबाट भने पम्पमा सामान्य क्षति मात्रै भएको छ । बालुुवा गिट्टी रहेको ठाउँमा विस्फोट हुँदा गिट्टी उडेर उक्त पेट्रोल पम्पको सिसा र बल्ब फुटेका छन् । तीन÷चार जनाको समूहमा आएका अज्ञात समूहले विस्फोटक प्रहार गरेर भाग्ने बित्तिकै विस्फोट भएको थियो ।

विस्फोटका कारण स्थानीयवासी त्रसित बनेका छन् । विस्फोट कसले र किन गराएको भन्ने केही खुल्न सकेका छैन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
शिला पेट्रोल पम्पले ईन्धन कालोबजारी गरिरहेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंहले फोन मार्फत सञ्चारकर्मीहरुको जानकारी गराएका हुन् ।
ईन्धन कालोबजारी नगर्न भने पनि नमानेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको अध्यक्ष सिंहले दाबी गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंहको नेतृत्वमा पार्टीका सिरहा इन्चार्ज अबिनास त्यागी सहितका कार्यकर्ताहरुको समुहले बम बिस्फोट गरेको बताइएको छ ।


 ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी उपरिक्षक श्याम सिंह चौधरीले उक्त सम्बन्धमा अनुसन्धान जारी रहेको बताए । श्रृंखलावद्ध रुपमा बम बिस्फोट भएपछि प्रहरीले सुरक्षा सर्तकता बढाईएको छ ।

यसअघि सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेट्रोलपम्पमा पनि जनतान्त्रिक टाईगर जनशक्ति पार्टीले बम बिस्फोट गराएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..