» » महन्थ ठाकुर डिस्चार्ज, केही दिन दिल्लीमै रहने


काठमाडौ माघ ९ गते । दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई रहनु भएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुलाई डिस्चार्ज गरिएको छ ।

डाइबीटीज, मुटु, घुँडालगायतको उपचारको रिपोर्ट आइसकेपछि उहाँलाई हिजो डिस्चार्ज गरिएको तराई मधेश विद्यार्थी फ्रन्टका महासचिव मनिष कुमार मिश्राले जानकारी गराउनु भयो ।

उहाँको इसीजी, इको, एमआइआर गरिएको छ । घुँडामा देखिएको समस्यालाई फिजियाथेरापीमार्फत उपचार गरिने बताइएको छ ।

उहाँ डिस्चार्ज भएपनि डाक्टरको फ्लोअपमा केही दिन दिल्लीमै बस्ने बताइएको छ । त्यस बसाईको क्रममा उहाँले केही राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको महासचिव मिश्रले बताउनु भयो ।

ठाकुरका साथमा पूर्व मन्त्री एवं पार्टीका केन्द्रीय सदस्य उमाकान्त झा र सभासद् केदारनन्दन चौधरी रहनु भएको छ । साथै उहाँको स्वास्थ्य देखभालका लागि डा. कार्तिकेश ठाकुर पनि रहनु भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..