» » रंगेली र डाइनियाँ घटनामा मारिएका बालबालिकालाई सहयोग


विराटनगर, माघ १३ गते । मोरङको रङ्गेली र डाइनियामा यही माघ ७ गते मधेसी मोर्चाको प्रदर्शनका क्रममा आफ्ना अभिभावक गुमाएका दुई परिवारका सात बालबालिकाको पठनपाठनका लागि आज साइसेवा समाज निधिले छात्रवृत्तिस्वरुप आर्थिक सहायता प्रदान गरेको छ ।

रङ्गेलीमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष डा सुन्दरमणि दीक्षितले रु दुई लाख ५० हजार आर्थिक सहायता प्रदान गर्नुभएको हो ।

सोमध्ये महादेव ऋषिदेवका छोराछोरीको अध्ययनका लागि रु एक लाख ५० हजार र शिवु माझीको छोराछोरीको अध्ययनका लागि रु एक लाख सहायता प्रदान गरिएको हो ।

सो अवसरमा सविता अग्रवाल मेमोरियल ट्रष्टका सञ्चालक अशोक अग्रवालले शिवु माझीका एक सन्तानलाई कक्षा ११ सम्मको निःशुल्क अध्ययनका लागि सहयोग गर्ने घोषणा गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..