» » पैसा छाप्ने मेसिन सहित एक गिरोह पक्राउ


राकेश यादव
रौतहट माघ ८ गते । जिल्ला प्रहरी कार्यालय गौर रौतहटले नक्कली नोट छाप्ने मेसीन सहित एक गिरोहलाई पक्राउ गरि हिजो सार्वजनिक गरेको थियो ।
रौतहटको बजारहरुमा नक्कली रुपैयाको कारोबार बढेको गोप्य सुचनाको अधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौर ९ का रामप्रवेश यादव, गौर ७ का जुगल किशोर कुशवाहा, सखुवा धमौराका नारायण चौधरी, बालचनपुर बस्ने ओसि महम्मद, बाराको जितौना बस्ने अभय कुमार र धनुषाको देउपुरा घर भई गौर ५ मा डेरा गरि बस्ने मनोज कुमार महतो रहेका छन् ।

 माघ ३ गते गौर भन्सार नाका नजिकबाट विशेष सुचनाको आधारमा पक्राउ परेका एक रामप्रवेश यादवको साथबाट प्रहरीले जाली नोट बरामद गरेर अनुसन्धान सुरु गरेपछि सबैजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरुको साथबाट दुई थान मोटरसाईकल, एक थान साईकल, करिब ५० हजार नक्कली नेपाली रुपैया र सो रुपैया छाप्ने मेसीन एक थान प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबै अभियुक्तहरु नक्कली रुपैयाको कारोबारी रहेको र नक्कली रुपैया छापेर बजारमा वितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरु उपर मुलुकी ऐन ६ खोटाचलन अन्तर्गत मुद्दा दर्ता गरि आवश्यक कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी उपरिक्षक डा. गणेशराज रेग्मीले बताएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..