» » छोरीको लाश सेलाउन नपाउँदै आमाको मृत्युको प्रतिक्षामा मदन


काठमाडौ माघ १३ गते । ‘हे इश्वर, तिम्रो वास दुखिहरुको घरमा हुन्छ भने मलाई अझ दुख दे’ अहिले यो भनाई कसैका लागि सही सावित भएको छ भने ती हुन् सुनसरी जल्पापुर–३ का मदन पौदार । उनको घरमा अहिले दुखको पहाड नै खसेको छ भन्दा अतिसयोक्ति नहोला ।

किर्तिपुरस्थित बर्न अस्पतालमा उनका साढे पाँच वर्षीया छोरी भारती जो जलेकी थिइन् उपचार गराउँदा गराउँदै उनको निधन भयो । उता आमा पनि क्यान्सरबाट थलिएर मृत्युको बाटो पर्खि रहेकी छिन् ।

एक महिनाभन्दा बढी भइसक्यो, आफ्नै घरको भन्सा कोठामा आगोबाट जलेकी थिइन् भारती । भारतीका आफन्तले उपचारका लागि आफ्नो छोरीलाई लिएर ६ वटा अस्पताल चहारे । तर पैसा मात्र खर्च भयो । भारतीलाई बचाउन सकेनन् ।

छोरीलाई उपचार गराउन यति ऋण लिइसकेका थिए कि अब त उनलाई साथी भाइले ऋण दिन पनि छाडि सकेका थिए,  केही दिन पहिले मदनले भनेका थिए, हालसम्म एकलाख पच्चास हजार भन्दा बढी खर्च भइसक्यो तर छोरीको होस खुलेको छैन, बाँच्छ कि बाँच्दैन थाह छैन ।

थप उपचार कहिलेसम्म हुने हो कति खर्च लाग्ने थाह छैन । अब त साथी भाइले ऋण दिन पनि छाडि सक्यो ।’

चिया पकाइरहेको आगोबाट जिउ जलेपछि तत्काल उपचारका लागि भारतीलाई सुनसरीको इनर्वा लगेको थियो । त्यहाँ समान्य उपचारपछि त्यही दिन भारतीलाई विराटनगरको कोशी अस्पताल रिफर गर्यो ।

त्यहाँ पनि डाक्टरले उपचार गर्न नसकेपछि तत्कालै बीपी मेमोरियल अस्पताल धरान पठायो । त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि एकरात पछि काठमाडौको कान्ति बालअस्पतालमा पुर्यायो । आमहडतालका कारण भारतीलाई बिराटनगर हुँदै काठमाडौ ल्याएको थियो । तर, कान्तिबाल अस्पतालले एक दिन पनि राख्न मानेन । अस्पतालले यहाँ बर्न वार्ड नभएर अस्पतालमा उपचार सम्भव छैन भनेपछि सुष्मा मेमोरियल अस्पताललाई सम्पर्क गर्यो । अस्पतालले यहाँ बर्न अस्पताल भएपनि डाक्टर छैन भनि जवाफ दिए ।

त्यसपछि अन्तराष्ट्रिय बाल अस्पताललाई सम्पर्क गर्यो । अस्पतालले ल्याउनुस् यहाँ उपचार हुन्छ ।

भर्ना गर्ने क्रममा अस्पतालले भने, यहाँ त उपचार हुन्छ तर महँगो हुन्छ ।’ त्यसपछि भारतीका आफन्त रामचन्द्र पौदारले महँगो भए के गर्ने अब छोरीलाई बचाउनुछ, निको हुन्छ भने उपचार शुरु गर्नुस् भनेपछि अस्पतालले उपचार शुरु गरेका थिए । चार दिनसम्म उपचार भयो । ४६ हजार रुपियाँ खर्च भयो तर स्वास्थयमा कुनै सुधार नभएपछि अस्पतालले किर्तिपुरको बर्न अस्पतालमा रिफर गर्दिए । सो अस्पतालमा जलेकाको मात्र उपचार हुन्छ ।

भारतीको १९ दिनसम्म किर्तिपुरमा उपचार भयो तर डाक्टरले उनलाई बचाउन सकेन । माघ ५ गते भारतीको निधन भयो । मदनले त्यहाँको डाक्टरको भनाई उद्धृत गर्दै भने, ६० प्रतिशत भन्दा बढी भाग जलिसकेको थियो । पेटको भित्रसम्म असर गरेको कारण दिशा पिसाब गर्न पनि सकिरहेका थिएन । खाना त झन खान सकिरहेका थिएन ।’

निधन भएको अवस्थासम्ममा ऋण गरेर ल्याएको दुई लाख ३० हजार खर्च भयो तर छोरीलाई बचाउन सकिएन भन्दै मदन भक्कानिदै भने, ‘अब मेरी आमा मृत्युसँग जुद्धिरहनु भएको छ । उहाँलाई पनि क्यान्सर लागेको छ ।

डाक्टरले औषधि खुवाउँदै गर्नु, अब जति दिन बाँच्नु हुन्छ त्यो नाफाको जिन्दगी हुन्छ भन्नुभएको छ । मेरो जिन्दगी यस्तो भयो कि छोरीको लास सेलाउन नपाउँदै आमा कहिले मर्नुहुन्छ भनि पर्खेर बसेको छु ।’

मदनले आफ्नो आमाको उपचारका लागि पनि एक लाखभन्दा बढी खर्च गरिसकेको छ । भरतपुर क्यान्सर अस्पतालका डाक्टरले १० लाख खर्च गरेपनि आमाको क्यान्सर निको हुँदैन भनेपछि घरमा राखेर औषधी खुवाउँदै राखेको मदनले सुनाए ।

केही महिना पहिले मदनको बुवाको पनि क्यान्सरबाटै मृत्यू भयो । मदनले आफ्ना बुवालाई बचाउन पनि कम्ति प्रयास गरेनन् । नौ लाखभन्दा बढी रुपियाँ खर्च गर्दा पनि उनले आफ्ना बुवालाई बचाउन सकेन ।

साढे तीन वर्ष पहिले हजुर बुवाको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो त्यसमा पाँच लाखभन्दा बढी खर्च भएको थियो । हजुरवुवा, बुवा, आमाको उपचारमा खर्च गर्दा गर्दै सबै जमिन बचिसकेका मदनसँग अब १७ धुर घडेरी र चार कठ्ठा खेतीयोग्य जमिन मात्र रहेको छ । अरु सबै खर्च ऋणमा नै भएको थियो ।

बुवाको क्रियाक्रम सकाएर मदन विदेश जाने सोच बनाए । बुवा त वित्नु भयो । नौ लाखभन्दा बढी ऋण छ । दुईटा छोरा छोरी छन् । यिनी सबैका लागि पनि एकपटक विदेश जानै पर्छ भन्दै मदन एकलाख ३० हजार ऋण गरेर विदेश गए । त्यहाँ काम गरेको छ महिना पनि पुगेको थिएन । घरबाट खबर गयो कि तिम्रो आमा विरामी पर्नुभयो, अस्पतालमा भर्ना भएको छ, छिट्टो आउन पर्यो । तर, त्यसबेला मदनका आमा होइन, छोरी जलेर अस्पतालमा भर्ना भएका थिए । छोरी जल्यो भनेपछि मदनलाई विदेशमा तनाव हुन्छ भनेर नै आमाको नाम भनेर उनलाई नेपाल फर्काए ।

आमालाई सन्चो छैन भन्ने कुरा मदनलाई पनि थाह थियो । उनी विदेशबाट फर्केर अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लेपछि मात्र थाह पाए कि छोरी भारती मृत्युसँग जुद्धिरहेकी छिन् । हत नपत उनलाई भेट्न किर्तिपुर अस्पतालमा दौडिए ।
तर, मदन दौडिएर मात्र के गर्नु । उनलाई इश्वरले दुखभन्दा अरु के नै दिएको छ र । छोरीलाई बचाउनु पर्छ भन्दै सहयोगका लागि उनी काठमाडौ चहार्न थाले ।

पहिलो चरणमा उनले पत्रकरलाई भेटे पत्रकारले समाचार लेखि दिएपछि केही प्रचार हुन्छ र सहयोगका हातहरु अगाडि बढ्छ । त्यसपछि उनी दौडिए आफ्नै जिल्लाका मन्त्री विजयकुमार गच्छदार समक्ष । मदन उनीसँग त भेट्न पाएन तर पार्टी कार्यालयका सचिव परमानन्द मेहतासँग उनको कुरा भयो । मेहताले गाविस र जिल्लाको सिफारिस लिएर आउनुस् अनि सहयोग गर्न लगाई दिन्छु भनि सल्लाह दिएका थिए ।

सोही सल्लाह बमोजिम मदनले सुनसरी जिल्ला अस्पताल र गाविसलाई चहारे । उनीहरुले यो जलेकालाई सहयोग गर्न सिफारिस गर्दैनौ भनि जवाफ दिएका थिए । निराश मदन कहिले कता त कहिले कता सहयोगका लागि चहार्दै रहे तर कहि कतैबाट सहयोग प्राप्त गर्न सकेन । माघ १२ गते भारती अन्तिम साँस लिइन् र यो संसारबाट विदा लिइन् ।    



About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..