» » आन्दोलनलाई सशक्त बनाउन वीरगंजमा मसाल जुलुस

झन्डै ५ महिनादेखि जारी मधेस आन्दोलन खुकुलो बन्दै गएपछि बन्दलाई कडा पार्न संघीय समावेश मधेसी गठबन्धन पर्साले वीरगन्जमा शनिबार मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानीय घन्टाघरबाट निस्केको जुलुसले नगर परिक्रममा गरेको थियो । उता वार्ता प्रति सरकारले चासो नलिएको यता बजार र यातायात सुचारु बन्दै गएपछि गठबन्धनले उपस्थिती जनाउन मसाल प्रदर्शन गरेको बुझिएको छ । आइतबार बजार बन्द गर्न गठबन्धनले आह्वान गरेको छ । मोटरसाइकल वाहेकका सवारी साधनमा समेत कडाइ गरिने एक नेताले बताए । पछिल्लो समय घन्टाघर चोकबाट काठमाडौका लागि टाटासुमो र सिटी राइड बस सञ्चालनमा आएका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..