» » मधेसको माग संविधान संशोधनबाट पूरा गर्नुपर्छ : नेता थापा

महोत्तरी, २३ पुस । संविधान कार्यान्वयन गर्न मधेसको मागलाई सरकारले सम्मानपूर्वक संविधान संशोधन गरेर पूरा गर्नुपर्ने नेपाली काँग्रेसका युवा नेता गगन थापाले बताउनुभएको छ ।
कार्यकर्ता भेटघाटका लागि बुधबार महोत्तरीको बर्दिवास आउनुभएका नेता थापाले केपी शर्मा ओलीको सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने दाबी पनि गर्नुभयो ।
मधेसी मोर्चाले उठाएको समावेशी समानुपातिकको माग मधेसको मात्र नभई सम्पूर्ण नेपाली जनताको माग भएकाले आफूहरुले संविधान संशोधनको प्रस्तावमा राखेको युवा नेता थापाले बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले एमालेसँग सरकारमा जाँदाको बाध्यताले काँग्रेसले केही गल्ती गरेको बताउँदै काँग्रेसले त्यो गल्ती सच्याएर अघि बढेको पनि बताउनुभयो ।
त्यस्तै, सोही कार्यक्रममा सहभागी हुनुभएका काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको सरकार खिचडी सरकार रहेको प्रतिक्रिया दिनुभयो । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..