» » रंगेली घटनाबारे गठबन्धनको विज्ञप्ति


संघीय समावेशी मधेशी गठबंधन

प्रेस बिग्यप्ती
२०७२/१०/०८
अस्थिरता र अराजकतामा नै बलियो भइन्छ भन्ने मानसिकताका साथ कम्युनिस्टहरु ले देशमा अहिलेको उत्पन्न बिकराल र गम्भीर समस्या समाधान गर्न खोजेका छैनन् । त्यशर्थ एमालेका अध्यक्ष एवं प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा मोरङ प्रशासनको रोकक बावजुद युवा संघले मुलुकलाई गृहयुद्धमा फसाउने नियतले आन्दोलित र सम्वेदशील ठाउँहरुमा कार्यक्रम आयोजना गर्दै हिडेका छन जसको परिणामस्वरूप हिजो मोरङको रङेलिमा दु:खद घटना घटाइएको छ । 
त्यसकारण मोरङको रङेलिमा सरकारको आदेशमा प्रहरी प्रशासन द्वारा अत्यधिक र अनावश्यक बल प्रयोग गरि क्रुरतापुर्वक शान्तिपुर्ण आन्दोलन गरिरहेका निहत्था तीन जना आन्दोलन्कारी लाई निर्मम्तापुर्वक हत्या गरेको र दर्जनौं आन्दोलनकारी लाई घाइते बनाएको अ्मानविय घटनाको संघीय समावेशी मधेशी गठबंधन घोर भर्त्सना गर्दछ।
मानवअधिकारको घोर उल्लंघन हुने गरि भएको यस अ्मानविय घटनाको अविलम्ब उच्चस्तरीय छानबिन समिति गठन गरि दोशी उपर कडा कार्यवाहीको माग गर्दछौं ।साथै निकम्मा गृहमन्त्रीको समेत अविलम्ब राजीनामा माग गर्दछौं ।र सहादत गर्नु हुने वीर शाहीदहरु प्रति भावपुर्न श्रधान्जली अर्पण गर्दै घाइते आन्दोलनकारीहरु को शिघ्र स्वास्थय लाभको पनि कामना गर्दछौं ।जय मधेश ।
रामसपा-शरत सिंह भण्डारी ,नेसपा-अनिलकुमार झा,फोरम गनतान्तृक-राजकिशोर यादव ,तमरा अभियान -जयप्रकाश गुप्ता ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..