» » माग सम्बोधन गर्न सरकार नचाहेको यादवको आरोप


सुनसरी,  माघ २ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानले मधेसका धेरै मुद्धाहरुलाई समेट्न नसकेको भन्दै परिमार्जनको खाँचो औँल्याउनुभएको छ ।

सुनसरीको इनरुवामा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले आफूहरु मधेसीसहित उत्पीडित जातिहरुको अधिकार सुनिश्चित नभएसम्म आन्दोलनबाट पछि नहट्ने बताउनुभयो ।

अध्यक्ष यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र, सबै जनताको राज्यको सबै निकायमा जनसङ्ख्याका आधारमा समानुपातिक सहभागिता, भाषा, पहिचानको सुनिश्चितता, वैवाहिक अङ्गीकृत नागरिकताको व्यवस्थालगायतका विषय समावेश गरी संविधान परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष यादवले अहिलेसम्म २६ पटकभन्दा बढी वार्ता भएपनि प्रमुख दलहरु आफूहरुका माग सम्बोधन गर्ने पक्षमा गम्भीर नरहेको र राज्यलाई अझै अन्योलमा राख्न खोजेको आरोप लगाउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..