» » मधेशी मोर्चाको बैठकमा यति मात्र कुरा भएको हो त ?


काठमाडौ पुस २३ गते । विहिवार साँझसम्म तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बसेको थियो । तर बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको नेताहरु बताउनु हुन्छ । आन्दोलनको समिक्षा, समसामयीक राजनीतिक अवस्था, कार्यदलको बैठकलगायतका विषयमा छलफल भयो तर यही निर्णय भयो भन्ने कुरा केही पनि आज नभएको तमलोपाका महासचिव जितेन्द्र सोनलले बताउनु भयो ।
उहाँले बैठक जारी छ, भोली केही निष्कर्ष निस्किने गरी बैठक बस्दै छ सो बैठकमा आन्दोलनलगायत अन्य विषयहरुमा छलफल हुने बताउनुभयो ।
आन्दोलनको स्वरुप परिवर्तन तथा कार्यदलले दुई दिनदेखि गरेको छलफलमा केन्द्रीत थियो ।  लगभाग पाँच महिनादेखि मधेशमा आन्दोलन भइरहेको छ त्यसको समिक्षा गर्दै आन्दोलनको स्वरुप परिवर्तन गर्ने तथा थप आन्दोलनका कार्यक्रम तय गर्ने विषयमा छलफल भएपनि टुगों नलागेको तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताउनुभयो ।
उहाँले आन्दोलनको स्वरुप परिवर्तन भनेको आमहड्ता तथा नाकाबन्दी फिर्ता लिने होइन, अरु थप कार्यक्रम के हुनसक्छ त्यसको बारेमा छलफल भएको बताउनु भयो । उहाँले आन्दोलनको बारेमा शुक्रवार बस्ने बैठकले तय गर्ने जानकारी गराउनुभयो ।
मोर्चाको बैठकले पनि कार्यदलको छलफल सकारात्मक रुपमा अगाडि बढेको निष्कर्ष निकालेको तमलोपाका महासचिव जितेन्द्र सोनलले बताउनुभयो । दुई दिन बसेको कार्यदलको बैठकले सकारात्मक संकेत दिएपनि निष्कर्षलाई कुर्नै पर्ने अवस्था रहेको मोर्चाको ठहर रहेको उहाँले बताउनुभयो । चार महिनादेखि यस्तै यस्तै थुप्रै वार्ताहरु भए, जहिले पनि सकारात्मक भयो भन्छन् तर अन्त्यमा गएर केही मिलेका हुँदैनन् भन्दै नेता सोनलले विश्वासको वातावरण बनाउने काम सरकारको रहेको बताउनुभयो ।
बैठकमा उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव, लक्षमणलाल कर्ण, ह्दयश त्रिपाठी, मनिस सुमन, रामनरेश राय यादव, राजेन्द्र श्रेष्ठ, गोविन्द चौधरी, रानी तिवरी रहेको नेता यादवले बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..