» » मधेश पुगेर प्रचण्डले मधेशी नेतालाई दिए यस्तो चेतावनी


महोत्तरी, पुस २० गते । एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले नेपाल भारतको सिमामा देखिएको अवरोध जति छिटो खुल्छ त्यति नै मधेसवादी दलहरुलाई राजनीतिक हित हुने बताउनु भएको छ ।

प्रदेश नं. २ को प्रदेश समिति बैठकलाई प्रशिक्षणका क्रममा आज दिँउँसो महोत्तरीको बर्दिवास पुग्नुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, मधेसमा केही मानिस आफूलाई मधेसको मसिहा ठान्छन् मधेसी जनता उनीहरुको भ्रमबाट मुक्त हुन जरुरी छ ।’

\‘एमाओवादी पार्टी वर्तमान समस्याको समाधानका लागि गम्भीर भएर लागेको जनताले बुझेका छन् तर केही मान्छे यो प्रक्रिया भाँड्न लागेका छन् ।, उहाँले भन्नुभयो, ‘हामी युद्धमा हुँदा एक पक्षीयरुपमा ३ महिना युद्धविराम गरेका थियौं, जसले गर्दा ज्ञानेन्द्रले आफ्नो अमेरिका भ्रमण रोकेका थिए, यदि ३ महिना युद्धविराम नगरेको भए १२ बुँदे सहमति पनि हुँदैनथ्यो, यो कुरा मैले मधेशवादी दलहरुलाई बारम्बार भन्ने गरेको छु ।’

अध्यक्ष प्रचण्डले हिजो हुने भनिएको निर्णायक वार्ता हुन नसके पनि निर्णायक वार्ताको प्रयासमा भने अघि बढेको बताउनु भयो । अहिलेसम्म भएका वार्ता र छलफलका प्रयासहरु एमाओवादीकै पहलमा भएको पनि उहाँले स्पष्ट पार्नुभयो । सदनमा मन्त्रीहरुको जवाफ सकिएपछि २ वटै विधयकहरु अगाडि जाने उहाँको भनाई थियो ।

सबैले माने भने हिजो भनिएको सिमाङ्कनको क्लष्टर आफूहरुले पनि मानेर जानेमा कुनै समस्या नभएको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । उहाँले क्लस्टरको निम्ति ३ महिनाभित्र सिमाङ्कनको टुङ्गो लगाउने बारेमा सबै पार्टी नजिक पुगेको बताउनु भयो ।

देशको परिस्थिति नै सन्तुष्टि हुने खालको नभएको बेला पनि आफ्नो पार्टीले मन्त्रीहरुको कामकारबाही प्रभावकारी बनाउन समिक्षा गरिरहेको अध्यक्ष प्रचण्डले बताउनु भयो । मधेसमा बाबुराम भट्टराईको पक्षमा एमाओवादी नेता कार्यकर्ता लागेनि भने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष प्रचण्डले वास्तविक माओवादी अहिले पनि एमाओवादीमै रहेको स्पष्ट पार्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..