» » बिराटनगर घटनालाई लिएर मोर्चा किन मौन ?

काठमाडौ माघ ८ गते । हिजो विराटनगरमा तीनजनाको ज्यान जाने गरि यत्रो ठूलो घटना हुँदा पनि मधेसी मोर्चा मौन बसेका छन् ।

घटना भएको १२ घण्टा भन्दा बढी समय भइसक्यो तर मधेसी मोर्चाले एउटा विज्ञप्ति जारी गरेर भएपनि त्यसको विरोध जनाउन सकेको छैन ।

बरू मोर्चामा रहेका दलहरू छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर त्यस घटनाको विरोध गरेको छ तर मोर्चाको आधिकारीक धारना आएको छैन । संघिय समाजवादी फोरम नेपाल र सद्भावना पार्टीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरिसकेका छन् तर मोर्चाको आधिकारिक धारणा आएको छैन ।

तमलोपाले त मोर्चाको तर्फबाट के पार्टीको तर्फबाट पनि विज्ञप्ति वा कुनै धारणा सार्वजनिक गरेको छैन । सो पार्टीका उपाध्यक्ष बृषेश चन्द्रलालले व्यक्तिगत फेसबुकमा लेखेर घटनाको विरोध गरेको छ ।

तराई मधेस सदभावना पार्टीको त्यो पनि आएको छैन ।

यश विषयमा मोर्चाका एक घटक सदभावना पार्टीका महासचिव मनिष सुमनलाई सम्पर्क गरेका थिए । उनले मोर्चाको आधिकारिक धारणा आज आउने बताए ।

तराई मधेस सदभाना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बैठक बसेको छैन बसेर सार्वजनिक धारणा ल्याउने बताए ।

यद्यपि बैठक बस्ने टुगो लागेको छैन । उपेन्द्र यादव मात्र काठमाडौमा छन भने अन्य तीन जना नेता बाहिर रहेका छन् ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..