» » कार्यदलको बैठक निष्कर्षविहिन

काठमाडौँ,  पुस २८ गते । प्रमुख तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यदलको संयुक्त बैठक सकारात्मक दिशातिर उन्मुख भएको नेताहरुले बताएका छन् ।

सिंहदरबारमा आज भएको संयुक्त बैठकमा मोर्चाको ११बुँदे मागका सम्बन्धमा दुवै पक्षबीच गम्भीररुपमा भएको छलफल सकारात्मकरुपमा अघि बढेको मोर्चाको कार्यदल सदस्य हृदयस त्रिपाठीले बताउनुभयो ।

प्रमुख तीन दलका कार्यदल सदस्यले आ–आफ्ना पार्टीमा थप छलफल गरेर आउने धारणा व्यक्त गरेपछि मोर्चाले पनि सोहीअनुसारको तयारी गरेर पर्सि ९बिहीबार०अर्को बैठक बस्ने नेता त्रिपाठीले जानकारी दिनुभयो ।

बैठकमा मोर्चाका मागका बारेमा सौहाद्रपूर्ण वातावरणमा छलफल भएको बताउँदै प्रमुख तीन दलीय कार्यदलका सदस्य तथा गृहमन्त्री शक्ति बस्नेतले आन्तरिक छलफल गरेर बिहीवार पुन छलफल हुने बताउनु भयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..