» » भारतले यसरी प्रष्ट पारे आफ्नो धारणा


काठमाडौ, माघ ११ गते । नेपालकालागि भारतीय राजदुत रञ्जित रायले मन्त्रीपरिषदले पास गरेको चार बुँदे प्रस्तावलाई नै आफूहरुले आधिकारीक मानिरहेको बताउँदै कसले के भन्यो कसले के ल्यायो भन्नेमा आफूहरुको सरोकार नरहेको बताउनु भयो ।

भारतको ६७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले भन्नुभयोे, ‘हामी मन्त्रीपरिषदले अनुमोदन गरेको प्रस्तावलाई चिन्छौ । संविधान संसोधन नेपालको राजनीतिक समस्या समाधानको लागि सकारात्मक विकासक्रम भएकोले भारतले त्यसै अनुसार लिएको छ ।’

राजदुत रायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति अहिलेसम्म तय भई नसकेकाले मिति तय भएपछि भारतले स्वागत गर्ने भन्दै भ्रमणको क्रममा धेरै विकासका मुद्दाहरुमा साझदोरी हुने विश्वास ब्यक्त गनुभयो ।

उहाँले भारतसँग जोडिएको तराई अशान्त हुँदा त्यसले भारतलाई समेत असर पर्ने भन्दै त्यसलाई बार्ताबाट छिटो समाधान गर्नु पर्ने सुझाव दिनुभयो । ‘हामी हाम्रो विकास गर्न चाहन्छौ । दोहोरो अंकको आर्थिक बृद्धिदर चाहन्छौ तर छिमेकी अशान्त भए हाम्रो ध्यान स्वभाविक रुपमा त्यता तिर ध्यान जान्छ त्यसैले नेपालमा स्थायीत्व हुनु पर्छ भन्ने हाम्रो भनाई हो, उहाँले भन्नुभयो, त्यसको लागि लचकताकासाथ प्रयास गर्नु पर्छ । एसियाले विकास गरिरहेको छ भने हाम्रो अर्थतन्त्र पनि त्यसै अनुसार अगाडि बढाउनु पर्छ । द्धन्दमा बसिरहे भविष्याको पुस्तालाई के दिने ?’

उहाँले भारत र नेपालवीचको सम्बन्ध सस्कृतिक, धार्मिक र जनताबीचको मात्रै नभई भौगोलिक र प्राकृतिक रुपमा घनिष्ट भएकोले घनिष्ट सम्बन्धमा कहिले काँही समस्या हुनु स्वभाविक भएकोले त्यसलाई मिलेर सुधार्नु पर्ने भन्दै यस्ता घटनाक्रमहरुपछि सम्बन्ध झनै बलियो भएको ईतिहास रहेको उल्लेख गर्नुभयो । राजदुत रेले भन्नुभयो, नेपालको हितमा भारतको हित छ । अर्थात एक अर्काको हितसँग एक अर्काको हित जोडिएको छ । अहिले सम्बन्ध राम्रो हुँदैछ ।’

उहाँले नेपालमा राजनीतिक घटनाक्रममा भारतको नाम धेरै जोडिने गरेको भन्दै यो धारणालाई अगाडि बढाएर सम्बन्ध राम्रो हुन नसक्ने तर्फ सचेत गराउनु भयो । नेपालका सबै आन्दोलनमा भारतको चर्चा गरिन्छ । अहिले मधेस आन्दोलनमा पनि भारतको सर्मथनको कुरा गरिदैछ । यस्तो धारणा बढाएर सम्बन्ध राम्रो नहुने पनि उहाँले बताउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..