» » नेपाल सद्भावना पार्टीको केन्द्रीय समितिले गर्यो यस्तो निर्णय


 मिति ः २०७२ पौष २२
प्रेस विज्ञप्ति
नेपाल सद्भावना पार्टी संघीय कार्यसमितिको बैठक पार्टीका संघीय अध्यक्ष श्री अनिल कुमार झा ज्यूको अध्यक्षतामा मिति २०७२ पौष २० र २१ गतेका दिन काठमाण्डौमा संचालन भई सम्पन्न भएकोछ । बैठकले समसामयिक राजनीतिक अवस्थाको समिक्षा गर्दै बिगत १४५ दिन देखि जारी मधेश आन्दोलनको सम्बोधनको लागि सरकारी पक्ष एवं प्रमुख प्रतिपक्षी दल संबेदनशील तथा जिम्मेवार नभएकोले मधेशको मांग सम्बोधन नहुन्जेल सम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
 बैठकले पार्टी की सह–अध्यक्ष श्री सरिता गिरीज्यू पार्टी परित्याग गर्नु भएकोले उहाँको उक्त निर्णयलाई सम्मान गर्दै उक्त पार्टी परित्यागको विषयलाई अभिलेखित गरी निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय गरेको छ ।
 बैठकले पार्टीको छैठौ संघीय महाधिवेशन पार्टीको बिधान, सहमति तथा नेपालको कानुन बमोजिम पार्टीको स्थापना दिवश तथा संस्थापक अध्यक्ष श्री गजेन्द्र नारायण सिंहको जन्म जयन्तीको अवशर पारेर आगामि बैशाख ३, ४ तथा ५ गतेका दिन जनकपुरधाम धनुषामा सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकमा पार्टीका संघीय कार्यसमितिका सदस्य तथा पदाधिकारी तथा अन्य आमन्त्रित सदस्यहरु समेतको उपस्थिती रहेको थियो । बैठकले पार्टी बिधान अनुसारको संगठन सम्बन्धि विषय बस्तुहरुमाथि गहन छलफल गर्दै निर्णयहरु गरि सम्पन्न भएको छ । सर्वसाधारण जनता एवं नेता तथा कार्यकर्ताहरुको जानकारीको लागि यो  प्रेष विज्ञप्ती जारी गरिएको छ ।
             

(कौशलेन्द्र मिश्र)
         महासचिव
                                                                                                                                                                                   

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..