» » राजेन्द्र महतो डिस्चार्ज (फोटो फिचर)


काठमाडौ पुस २२ गते । दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई रहनु भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज डिस्चार्ज हुनु भएको छ ।

पुस ११ गते विराटनगरस्थित जोगवनी नाकामा धर्ना बस्न गएको बेला प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीको कुटाइबाट उहाँ घाइते घाइते हुनु भएको थियो । टाउको र खुट्टामा चोट लागेको अध्यक्ष महतोलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो ।
जोगवनी नाकामा धर्ना बस्न जाँदै राजेन्द्र महतो

त्यहाँ उहाँको स्वास्थ्यमा सुधार नदेखिएको तथा झन विग्रिदै गएपछि पुस १३ गते धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ भर्ना गरिएपछि सुगर र उच्च रक्तचाप देखिएको थियो । सो नियन्त्रण नभएसम्म चोटपटकको उपचार गर्न नसकिने डाक्टरले बताएका थिए । टाउको तथा अन्य ठाउँमा चोट लागेकोलाई उपचार नगरेपछि अध्यक्ष महतोको स्वास्थ्य झन विग्रिदै गइरहेको थियो ।
जोगवनी नाकामा घाइते भएपछि प्राथमिक उपचार गराउँदै

एकछिन ओछ्यानमा बसेपछि रिगंटा लाग्ने र बेहोस् हुने गर्नु हुन्थ्यो । अध्यक्ष महतोको पाँच दिनसम्म धरानमा उपचार भएको थियो । तर स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि उहाँलाई पुस १८ गते दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएकै दिनदेखि सुगर र उच्चरक्तचापमा सुधार देखिदै गएको थियो र भिटामिन बी १२ को कारण उहाँमा कमजोरी देखिएको थियो ।

अध्यक्ष महतोको पाँच दिनसम्म त्यहाँ पनि उपचार भएको थियो । पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोका अनुसार पछिल्लो रिपोर्ट अनुसार उहाँको स्वास्थ्यमा सुधार देखिएको कारण अस्पतालले डिस्चार्ज गरेको हो ।

अध्यक्ष महतो अस्पतालबाट नै आन्दोलनकारीको नाममा एक अपिल जारी गरी आन्दोलनका छुट्टै कार्यक्रम पनि घोषणा गर्नुभएको थियो । उहाँ केही दिन दिल्ली बसाईबाट फर्केपछि पुन आन्दोलनमा सक्रिय हुने बताइएको छ ।

गोल्डेन अस्पतालमा उपचार गराउँदै राजेन्द्र महतो

गोल्डेन अस्पतालबाट थप उपचारका लागि राजेन्द्र महतोलाई धरान लग्दै

राजेन्द्र महतोको स्वास्थ्यको लाभको कामना गर्दै कार्यकर्ता 

धरानको बीपी कोइराला मेमोरियल अस्पतालमा उपचार गराउँदै राजेन्द्र महतो

धरानको बीपी कोइराला मेमोरियल अस्पतालमा राजेन्द्र महतो

धरानको बीपी कोइराला मेमोरियल अस्पतालमा राजेन्द्र महतो

धरानको बीपी कोइराला मेमोरियल अस्पतालबाट काठमाडौ ल्याउँदा एम्बुलेन्समा 

धरानको बीपी कोइराला मेमोरियल अस्पतालबाट काठमाडौ ल्याउँदा हेलिकप्टरमा राजेन्द्र महतो


धरानको बीपी कोइराला मेमोरियल अस्पतालबाट काठमाडौ ल्याएपछि एम्बुलेन्सबाट अन्तराष्ट्रिय विमानस्थलमा ओर्लदै 

दिल्लीको मेदान्त अस्पतालमा राजेन्द्र महतो

दिल्लीको मेदान्त अस्पतालमा राजेन्द्र महतो

दिल्लीको मेदान्त अस्पतालमा राजेन्द्र महतो

दिल्लीको मेदान्त अस्पतालमा राजेन्द्र महतोलाई भेट्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र उनका श्रीमती डम्पल झा

दिल्लीको मेदान्त अस्पतालमा राजेन्द्र महतोलाई भेट्दै हिसिला यमी 

दिल्लीको मेदान्त अस्पतालमा राजेन्द्र महतोको उपचार हुँदै 


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..