» » दुईटा विहे गर्ने राय पक्राउ


सप्तरी, माघ ८ गते । एउटी पत्नी हुँदाहँुदै अर्की पत्नी विवाह गरेको भन्दै सप्तरीमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको इटहरी विष्णुपुर–६ निवासी २४ वर्षीय सन्तोष राय रहेको प्रहरीले आज बताएको छ ।

रायकी जेठी श्रीमती कवितादेवी रायले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा पक्राउ गरिएको प्रहरी नायब निरीक्षक हरि खड्काले बताउनुभयो ।

पक्राउ परेका रायलाई बहुविवाह गरेको आरोपमा जिल्ला अदालतबाट म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका राय र कवितादेवीबीच गत २०६८ साल असार १५ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो । कविताको हालसम्म कुनै सन्तान नरहेको बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..