» » कार्यदलमा चार जनाको नाम पठाउने यादवको कथन



काठमाडौ, २० पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता एवम् वार्ता टोलीका सदस्य राम नरेश रायले मोर्चामा चार पार्टी रहेकोले कार्यदलमा नाम पठाउँदा चार जनाको नाम पठाउने बताएका छन् ।

मोर्चामा चार दल छन्, उनले भने, कार्यदल नाम पठाउँदा चार दलका चार जनाको नाम पठाउँछौ । सरकारले मागे जस्तो एक जनाको मात्र नाम पठाउँदैनौ । तर नाम पठाउने कि नपठाउने भन्ने विषयमा मोर्चाले छलफल गरेर निर्णय लिन्छ ।’
यद्यपि उनले सरकार वार्ताबाट भाग्न लगेकोले उसलाई भाग्न नदिन र मोर्चा वार्ताको पक्षमा छ भन्ने सन्देश दिन सरकारले जहाँ भन्छ त्यही बस्नु पर्ने आफ्नो व्यक्तिगत धारणा सुनाए ।

नेता यादवले भने, ‘हामी मोर्चामा छलफल नगरी नाम दिदैनौ । सोमबार अवेर वा मंगलबार ११ बजेसम्म मोर्चाको बैठक बसेर जाने नजाने निर्णयमा पुग्छौ ।

आईतवारको वार्तालाई प्रमुख दलले पुरानै कुरा दोहोर्याएर हात्ति आयो हात्ति आयो फुस्सा जस्तो बनाएको भन्दै कार्यदल गठनको नाममा सरकार वार्ताबाट भाग्न चाहिरहेको आरोप उनले लगाए ।

उनले ११ बुँदे माग पुरा नभएसम्म आन्दोलन नरोकिने भन्दै नाका आन्दोलन पनि जारी रहने स्पष्ट पारे ।


मनिषले भने, हाम्रो आन्दोलन मोर्चाको आचारसहिंता विपरित छैन 


सद्भावना पार्टीका महासचिव मनिष सुमनले मोर्चाको अनुभव र आचार संहिता अनुसार नै आफ्नो पार्टीले अलग आन्दोलन गरेको भन्दै यसको कारण मोर्चा नफुटने दावी गरे ।

उनले भने, ‘मोर्चामा कुनै विवाद छैन । मोर्चा अखण्ड छ, अखण्ड रहन्छ । हाम्रो आन्दोलन मोर्चाको आचार संहिता र अनुभव अनुसार नै हो ।’

सुमनले मोर्चाको आन्दोलन नाका धर्ना, आमहडताल र राज्यलाई कर नतिर्ने तीन सिद्धान्त अनुसार भएको र विच विचमा सर्पोटिङ्ग कार्यक्रमहरु ल्याउने गरेको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारीरहने स्पष्ट पारे ।

उनले पुष ११ गते राजेन्द्र महतोमाथि भएको आक्रमणमा राज्यले माफी नमागेसम्म आफूहरु कुनै पनि वार्तामा सहभागि नहुने स्पष्ट पार्दै महतोमाथिको आक्रमण शीर्ष नेताहरुमाथि आक्रमणको दक्षिण एसियामै विरलै घटना भएको दावी गरे ।

११ बुँदे माग तत्कालिन सरकारसँग भएको आठ बुँदे सम्झौताको सार भएको दाबी गर्दै यो कुनै नयाँ विषय नभएको बताए ।

कालाबजारी नियन्त्रण गर्ने जिम्मेवारी राज्यको भएको भन्दै कालाबजारी नियन्त्रणमा आफूहरु पनि सहयोग गर्न तयार रहेको सुमनले बताए ।

उनले आफूहरुको माग र आन्दोलनमा मधेसी जनताको पूर्ण समर्थन रहेको दावी गर्दै जनप्रतिनिधिहरुलाई रिकल गर्ने ब्यवस्था भए अहिले मधेसबाट प्रतिनिधित्व गर्ने काग्रेस, एमाले र एमाओवादीका मधेसी संसदहरुलाई आन्दोलनमा देखिएको जनताको मतको आधारमा फिर्ता बोलाउन सकिने जनमत भएको बताए ।
सुमनले मधेसी जनताले एउटै मधेसबादी दल होस भन्ने चाहना राखे पनि त्यो पुरा हुन नसकेको भन्दै बेला बेलामा एकीकरणको कुरा उठेपनि पछिल्लो समयमा त्यसमा कुनै प्रयास नभएको स्पष्ट पारे ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..