» » धारिलो हतियार प्रहार गरि एक युवकको गरे हत्या

सर्लाही, माघ १६ गते । सर्लाही जिल्लाको सेखौना गाविसमा व्यापारीले धारिलो हतियार प्रहार गर्दा स्थानीय एक युवकको ज्यान गएको छ । बगदह गाविस वडा नम्वर १ का विश्वम्बर कुमालको चक्कु प्रहारबाट धनकौल पश्चिमका पच्चु सहनीका १७ वर्षका छोरा रामपुकार सहनीको ज्यान गएको हो ।
विश्वम्बरको चक्कु प्रहारबाट गम्भीर घाईते भएका रामपुकारलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा ल्याउने वित्तिकै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले रामपुकारलाई चक्कु प्रहार गर्ने विश्वम्वरलाई गएराती नियन्त्रणमा लिएको छ । रामपुकार सहित स्थानीय केही युवाहरुको टोलीले आफूमाथी आक्रमणको प्रयास गरेपछि त्यसको प्रतिकार गर्दा यस्तो घटना भएको विश्वम्बरले प्रहरी समक्ष बयान दिएका छन् ।
प्रहरीका अनुसार विश्वम्बरले हरकठवा बजारमा फोटो स्टुडियो संचालन गर्दै आएका थिए । गएराती ८ बजे पसल बन्द गरेर जाँदै गर्दा सेखौना गाविस वडा नम्वर ३ छन्की टोलमा पुगेपछि विश्वम्बरले रामपुकारलाई चक्कु प्रहार गरेका हुन् । घटनाको विषयमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय हरकठवाका प्रहरी नायब निरीक्षक मोहम्मद मुस्तफाले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..