» » आन्दोलनमा घाइते भएका ओस्ताको निधन


काठमाडौ पुस १९ गते । आन्दोलनको क्रममा असोज २७ गते रौतहटको गौरमा प्रहरीको गोली लागी घाईते भएका मैनुद्दीन ओस्ता हजाम आज निधन निधन भएको छ ।
घाइते भइ राजधानीको वीर अस्पतालमा उपचार गराइ रहेका उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको थियो । उनको संवदेनशील अंगमा गोली लागेको थियो । तर घाउ झन बल्झिदै गएपछि थप उपचारका लागि उनलाई नारायणी अस्पताल लगिएको थियो ।
आज अचानक उनको स्वास्थ्य अवस्था बिग्रेर उपचारकै क्रममा मृत्यु भएको तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताए ।
रौतहटको अकोलवा गाविस–५ का ५० वर्षिय महारुद्दिनको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताए । उनको मृत्युसँगै यसपटकको आन्दोलनमा रौतहटमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..