» » भण्डारीले भने, काँग्रेसले पनि राजनीतिक गतिविधि गर्न पाउनु पर्छ


महोत्तरी, माघ १७ गते । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले राजनीतिक गतिविधि निषेधले लोकतन्त्र कमजोर हुने बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दैसङ्घीय समावेशी मधेसी गठबन्धनका नेतासमेत रहनुभएका भण्डारीले अहिले नेपाली काँग्रेस आफ्नो पार्टीको तेह्रौँ महाधिवेशनको तयारीमा रहेका बेला सो दलले बेरोकतोक शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउनुपर्ने बताउनुभयो ।
अब मधेसवादी दलबीच महागठबन्धन बन्ने कुरामा सकारात्मक बहस सुरु भएकाले चाँडै एकताबद्ध मधेस आन्दोलनको खाका बन्ने भण्डारीको विश्वास छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..