» » गोली प्रहारबाट तीनको मृत्यु दर्जनौ घाइते (हेर्नुस् तस्विर)


सरकार र मधेशी मोर्चाबीच वार्ता जारी रहेको अवस्थामा मोरगंको विराटनगरमा भएको झडपमा प्रहरीको गोली लागि तीन जनाको मृत्यू भएको छ भने दर्जनौ घाइते भएको छ । 

मधेशी मोर्चा आन्दोलित छ थाह पाउँदा पाउँदै एमालेले कार्यक्रम गरि जनतालाई उत्तेजित पारी यो घटना गराएको मधेशी मोर्चाको आरोप छ ।

संघीय समाजवादी फोरम नेपालले गराएको जानकारी अनुसार मृत्यू हुनेमा ६० वर्षिय पुनम चौधरी, १८ वर्षीया शिबु माझी र महादेव ऋषिदेव रहेका छन् । 

प्रहरीले गोली लागि मुन्ना मण्डल, विरेन्द्र मण्डल, सत्य नारायण साह, रमानन्द यादव, लल्लन मेहता, विक्रम सहनी, जगन्नाथ साह, श्रवण मण्डल र सुबोध मण्डल लगायत ३५ जना भन्दा बढी आन्दोलनकारी गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको उपचार विराटनगरको गोल्डेन अस्पतालमा भइरहेको छ ।

यस घटनाको संघीय समाजवादी फोरम नेपाल र सद्भावना पार्टीले घोर निन्दा गरेको छ ।




















About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..