» » जनकपुर पूर्णरुपमा ठप्प, जनजीवन प्रभावित हुदैँ

जनकपुर, माघ १८ – आज विहानै देखी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाहो आह्वानमा सोमबार जनकपुरधाम पूर्णरुपमा बन्द गरि ठप्प पारेको ।  बन्दको कारण त्याहाँको जनजीवन प्रभावित भएको छ ।
नेपाली कांग्रेसका सांसदले मधेसी नारिककको भावना विपरीत गाउँ तथा नगर अधिवेशन गराउन जिल्ला प्रवेश गरेर प्रहरी प्रयोग गरी दमन गराएको मधेशी मोर्चाको आरोप रहेको छ ।
मोर्चाको बन्दका कारण बिहानैदेखि जनकपुरका शिक्षण संस्था, बजार व्यावसाय, यातायात, कलकारखाना सबै क्षेत्र प्रभावित भएको छ । मोर्चाका कार्यकर्ताले जनकपुरको विभिन्न चोकमा प्रदर्शन गरेका छन् ।
आइतबार जनकपुरको थापाचोकमा काँग्रेस नेतृ तथा सांसद लीला कोईराला निवास अगाडि मोर्चाको प्रदर्शनको क्रममा प्रहरीले अवरोध गरेपछि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो । त्यस क्रममा चार प्रहरीसहित पाँच प्रदर्शनकारी घाइते भएका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..