काठमाडौ पुस २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई फोन गरि शीघ्र स्वास्थको कामना गरेको छ ।
स्वास्थ लाभपछि दिल्लीमा अराम गरिरहेका महतोलाई आज साँझ फोन गरि स्वास्थ्यको बारेमा चासो लिदै काठमाण्डौं फर्किने आग्रह गरेको छ । ओलीले महतोलाई भने, देशलाई तपाईंको खांचो छ। काठमांडू आउनुस, वार्ता गरौं, सहमति खोजौं।
त्यसपछि अध्यक्ष महतोले जवाफ दिदै भने, मेरो स्वास्थ ठीक छ। तपाई देशको स्वास्थको चिंता गर्नुस्। तपाईमाथि देशको अभिभारा छ। संपूर्ण देशलाई आफ्नो ठान्नुस्, मधेशलाई अधिकार संपन्न बनाउनमा योगदान दिनुस्। हामीले केही पनि नयाँ कुरा मागेका छैनौं। मोर्चा वार्ताबाट कहिलै पछाडि हटेको छैन। वार्ताको लागि हाम्रो साथीहरू काठमांडूमै छन्।
उनले भने, सहमतिको वातावरण नबने सम्म काठमांडू फर्किन्न । मेरो हत्याको प्रयास त गर्नु भयो। तर पनि केही चिंता छैन। अब पनि मधेशको मांग पूरा गर्नुस।
No comments: