» » सविधान संशोधन मान्य नहुने उपेन्द्रको चेतावनी


विराटनगर, माघ १२ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकतर्फीरुपमा गरिएको संविधान संशोधन मान्य नहुने बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसी मोर्चाका माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो ।

अध्यक्ष यादवले आन्दोलनलाई अझ सशक्त बनाउन सङ्घीयता पक्षधरसँग मिलेर बृहत् मोर्चा बनाउने पनि बताउनुभयो ।

उहाँले सरकार वार्तालाई सफल बनाउनका लागि गम्भीर नभएको उल्लेख गर्दै सरकारले कालोबजारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..