» » मधेशी दलसँग वार्ताका लागि काँग्रेस अग्रसरता लिने


काठमाडौ माघ १७ गते । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एकघटक तराई मधेश लोकतान्त्रिक पार्टीबीच आज छलफल भएको छ । माघ ४ गतेपछि टुटेको वार्ताको क्रमलाई पुनः जोड्ने छलफल भएको छ ।

महाराजगन्जस्थित काँग्रेसका सभापति सुशिल कोइरालाको निवासमा भएको छलफलमा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, ह्रदयश त्रिपाठी, बृषेशचन्द्र लालको उपस्थिति थियो भने काँग्रसको तर्फबाट कोइराल, महेश आचार्य, प्रकाशमान सिहको उपस्थिति रहेको थियो ।
तमलोपा उपाध्यक्ष लालले सरकार र आन्दोलनकारीबीच टुटेको वार्ताको क्रम आफूले जोड्ने प्रतिवद्धता काँग्रेले जनाएको बताउनुभयो ।

आफूहरुले पनि वार्ताबाट आफूहरु कहिल्यै अलग नभएका वार्ताबाट नै सबै कुराको समाधान होस् भनि चाहेको धारणा राखेको उहाँले बताउनुभयो । बैठकमा अध्यक्ष ठाकुरले मधेसीलाई अलग राखेको मधेशको समस्या समाधान हुनुको सट्टा झन बिग्रिने भएकाले यसलाई चाँडै समाधान गर्नु नै बुद्धिमानी हुने धारणा राखेको धारणा राख्नु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..