» » रंगेली घटनामा सहिद भएकालाई दाहसंस्कार


विराटनगर, माघ ११ गते । मोरङको रङ्गेली घटनामा प्रहरीको गोलीबाट यही माघ ७ गते मृत्यु भएका तीनजनाको आज दिउँसो यहाँ शवयात्रा निकालिएको छ ।

विराटनगरस्थित कोसी अञ्चल अस्पतालबाट सुरु भएको सो शवयात्रा बजारका साथै मलायारोड हुँदै जनआन्दोलन चोक, ट्राफिक चोक हुँदै रोडशेषसम्म पुगेको थियो ।

शवयात्रामा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लालगायत नेताको सहभागिता थियो ।
सो घटनामा रङ्गेलीका द्रोपदीदेवी चौंधरी, बरडङ्गाका महादेव ऋषिदेव र डाइनिया–९ का शिवु माझी मृत्यु भएको थियो । उनीहरुको आजै दाहासंस्कार गरिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..